नेपाल सरकार

पशुपंक्षी विकास मन्त्रालय

पशु सेवा बिभाग

पशु उत्पादन निर्देशनालय

केन्द्रीय बंगुर कुखुरा प्रवर्द्धन कार्यालय

पशु विकास क्षेत्रको एतिहासिक पृष्ठभुमी


  • वि.सं. १९१७ सालमा श्री ३ जंग बहादुरको शासनकालदेखि पशु विकास कार्यक्रमको थालनी भएको पाईन्छ । भारत तथा वेलायतबाट उन्नत जातका गाई आयत गरी राणा परिवारले संस्थागत रुपमा आफ्नो परिवारको लागि गाईपालन शुरु गरेको ।
  • वि.सं १९८२ मा तत्कालिन श्री ५ को सरकारले कृषि तथा पशु विकास गर्ने उद्देश्यले कृषि वोर्डको गठन गरेता पनि त्यसको कार्यक्षेत्र उपत्यकामा मात्र केन्द्रित भएको ।
  • वि.स. २०१० सालमा त्रिभुवन ग्राम विकास योजना लागु हुनाको साथै कृषि वोर्डलाई कृषि विभागमा परिणत गरी साना पशु तथा दुग्ध विकास शाखाको स्थापना पश्चात पशु विकास कार्यमा ठोस कार्यक्रम तर्जुमा गर्ने र कार्य विधि संचालन शुरु भयो ।
  • वि.सं. २०२३ सालमा कृषि विभाग अन्तर्गत पशु स्वास्थ्य, पशु आहार, पशु प्रजनन् तथा पशु व्यवस्थापन सेवालाई एकिकृतरुपमा संचालन गरी कृषकको कार्यथलोमा नै सेवा पु¥याउने कार्यको थालनी भयो ।
  • कृषि तथा पशुपालन प्रविधिलाई एकद्धार प्रणाली मार्फत समन्वयात्मक रुपमा कार्यान्वयन गर्न २०२९ सालमा पुनः कृषि विभागमा गाभियो, सोही विभाग अन्र्तगत पशु विकास शाखा–१ र पशु विकास शाखा–२ स्थापना भई क्रमश, ठुला पशु विकास र साना पशु विकास कार्यक्रम संचालन भएको थियो र यसको साथै पशु चिकित्सा तथा बायोलोजिकल आयोजना र पशु चिकित्सा शाखा स्थापना भयो ।
  • वि.स. २०३६ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभाग पुनःस्थापना भयो ।
  • २०४४ सालमा नेपाल कृषि अनुसन्धान परिषद गठन पछि पशु विकास सम्बन्धि अनुसन्धान कार्यक्रम परिषदको जनादेश ९ःबलमबतभ० अन्तर्गत भएको थियो र सोहि अवधिमा ७५ वटै जिल्लामा पशु सेवा कार्यालयको स्थापना भयोे ।
  • २०४९ सालमा कृषि क्षेत्रका सबै सेवात्मक निकायलाई समेटी कृषि विभागको गठन भयो । सो अवधिमा व्यवस्थापन पक्षमा जटिलता तथा पशु सेवामा शिथिलता आएकोले कार्यक्रम प्रभावकारी हुन नसकेको अवस्था रह्यो 
  • २०५२ सालमा पशु सेवा विभागको स्थापना भई पुनः पशु विकास कार्यक्रम संचालन भयो ।
  • २०५७ सालमा विभाग अन्तर्गत पशु उत्पादन महाशाखा स्थापना भई हाल नाम परिवर्तन गरी पशु उत्पादन निर्देशनालय रहेको ।
  • पशु उत्पादन निर्देशनालय अन्तर्गत वि.सं. २०६२ सालमा केन्द्रिय बंगुर कुखुरा प्रवद्र्धन कार्यालय स्थापना भई कार्यक्रम तर्जुमा तथा कार्यान्वयन हुंदै आएको ।
 

समाचार तथा सुचना

डाउनलोड्स