नेपाल सरकार

पशुपंक्षी विकास मन्त्रालय

पशु सेवा बिभाग

पशु उत्पादन निर्देशनालय

केन्द्रीय बंगुर कुखुरा प्रवर्द्धन कार्यालय

कुखुरापालन क्षेत्रको ऐतिहासिक विकासक्रम


साल (वि.स.)

क्रियाकलाप तथा घटना

२०१० सम्म

परम्परागतरुपमा रुपमा स्थानिय जातका कुखुरा पालन व्यवस्थापन गर्दै आएका । २०१४ ब्लाक मिनोर्का , रोड आइल्याण्ड रेड र ह्वाईट लेगहर्न जातका कुखुरा आयत गरेको । 

२०१७

परवानीपुर, बारामा अमेरिकी सहयोगबाट सेन्ट्रल ह्याचरी स्थापना भई १७०० गोटा न्यू–हेम्पशायर जातका चल्लाहरु आयात गरी चल्ला उत्पादन गरेको र चल्लामा भाले, पोथी छुट्टयाउने प्रविधिको प्रयोग गरेर उत्पादित चल्ला काठमाण्डौ उपत्यकामा विक्री वितरणको लागि पठाउने गरेको ।

२०१८

तत्कालिन स्व. श्री ५ महेन्द्र बीर वीक्रम शाहदेवबाट सेन्ट्रल ह्याचरीको समुदघाटन ।

२०१९

जाउलाखेल, ललितपुरमा ब्रुडर फार्म स्थापना गरी परवानीपुरबाट अण्डा ल्याई चल्ला उत्पादन गर्न थालेको ।

२०१९

रत्न फिड ईण्डस्ट्री (तत्कालिन फिड सप्लाई हाउस) ले निजि क्षेत्रबाट सर्वप्रथम भारतबाट उन्नत जातका चल्लाहरु आयात गरेको । सोहीबेलामा रत्न फिड, कान्तिपुर पोल्ट्रीफार्म र जोशी पोल्ट्री फार्मले ब्रोईलर र लेयर्स चल्लाहरु विदेशबाट आयात गरी वितरण गरेको ।  

२०२४

त्रिपुरेश्वरमा पशु चिकित्सा अनुसन्धान शाखा (हाल केन्द्रिय जैविक उत्पादन प्रयोगशाला) को २०२० सालमा स्थापना भई रानीखेत र फाउलपक्स रोग विरुद्धको भ्याक्सिन उत्पादन शुरुभई वि.सं. २०४५÷४६ सम्म निःशुल्क वितरण गरेको ।

२०२८

हेटौंडामा क्याटलफिड प्लान्ट स्थापना भई कुखुराको दाना उत्पादन गरेको ।

२०३०

जावलाखेलस्थित ब्रुडरफार्म खुमलटारमा स्थानान्तरण भई चल्ला उत्पादन कार्य सुचारु रुपले संचालन भएको ।

२०२७–२०३७

यो अबधिमा तरहरा, पोखरा र नेपालगंजमा ह्याचरीहरुको स्थापना भएको ।

२०४०

ग्रामीण कुखुरा विकास कार्यक्रमको थालनी गरेको ।

२०४५

पशु सेवा विभागले सरोकारवालाहरुसँगको सहमतिमा गम्बारो रोग विरुद्ध भ्याक्सिनेशन र जैविक सुरक्षा रणनीति अपनाएको ।

२०४८

नेपाल कृषि अनुसन्धान परिषद र त्यस अन्तर्गत बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम र पशु स्वास्थ्य अनुसन्धान महाशाखाको स्थापना भई कुखुरा सम्बन्धि अनुसन्धानमा जोड दिइएको । भारतबाट गिरीराज जातका कुखुरा आयात गरेको ।

२०५२

चितवनमा पोल्ट्री एक्स्पो सम्पन्न भएको ।

२०५५

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र नियमावली २०५६ लागू भएकोले कुखुरापालन व्यवसायलाई बढि व्यवस्थित गर्न सघाउ पुगेको । पशु बधशाला तथा मासु जाँच ऐन २०५५ र नियमावली २०५७ को कार्यान्वयनबाट स्वच्छ मासु उत्पादन तथा विक्री वितरण व्यवस्थित भई जनस्वास्थ्यमा सुधार हुने अपेक्षा गरिएको ।

२०५५

केन्द्रिय जैविक उत्पादन प्रयोगशालाबाट क्एँ ९क्उभअषष्अ एबतजयनभल ँचभभ० फुल आयात गरी रानीखेत, फाउलपक्स, गम्बारो रोग विरुद्धका खोपहरु उत्पादन शुरुआत भएको ।

२०५७

कुखुराको बजार विकास तथा प्रबद्र्धनमा सहयोग पु¥याउने उद्धेश्यले पशुपन्छी बजार प्रबद्र्धन निर्देशनालयको स्थापना भएको । यसले कुखुराको बजार विकास तथा प्रबद्र्धनमा थप सहयोग भई रहेको । 

२०५७–२०५९

सुदुरपश्चिमाञ्चलका ९ जिल्लाहरुमा गरीवि निवारण व्यवसायोन्मुख कुखुरापालन कार्यक्रम संचालन गरेको । 

२०५७–२०५९

पेरेन्ट स्टक र लेयर्समा फैलिएको मरेक्स रोगको नेपाल कृषि अनुसन्धान परिषद, पशु सेवा विभाग र निजी क्षेत्र समेतको सकृयतामा नयाँ खोपको नीति बनाई सो रोग नियन्त्रण गर्न सफल भएको ।

२०५८

नेपाल कृषि अनुसन्धान परिषदले भारतबाट जापानिज बट्टाई ९त्तगबष्०ि र टर्की जातका पन्छी आयात गरेको ।

२०६०

लिची हर्ट रोगको प्रकोप नियन्त्रण गरेको ।

२०६०

एभियन ईन्फ्लुएन्जा संक्रमित मुलुकहरुबाट पन्छी तथा पन्छीजन्य पदार्थको आयातमा प्रतिवन्ध लगाईएको । सूचना राजपत्रमा प्रकाशित भएको ।

२०६२

विभागीय निर्णयबाट “पोल्ट्री ब्रिडिङ फार्म र ह्याचरीको मापदण्ड” स्वीकृत भएको ।

२०६५

विभागीय निर्णयबाट “लेयर्सको व्यवस्थापन व्यवहारिक संहिता” स्वीकृत भएको । 

२०६५

नेपालको पूर्वी नाका झापा जिल्लामा एभियन ईन्फ्लुएन्जा रोग फैलिएको र सो रोगको नियन्त्रण भई सकेको 

२०६६–२०७०

सहकारी खेती अन्तर्गत पशु पालन कार्यक्रम ५४ जिल्लामा लागू भएको ।    

 

समाचार तथा सुचना

डाउनलोड्स