नेपाल सरकार

पशुपंक्षी विकास मन्त्रालय

पशु सेवा बिभाग

पशु उत्पादन निर्देशनालय

केन्द्रीय बंगुर कुखुरा प्रवर्द्धन कार्यालय

विकासका चरणहरु


अर्ध बन्देज पालन प्रकृयाः (सन् १९६० देखि सन् १९८० सम्म)

  • सन् १९६०/६१ मा केन्द्रिय ह्याचरीको स्थापना परवानीपुरमा भएको ।
  • १७०० वटा उन्नत नश्लका न्यु–हेमसायर कुखुरा नेपालमा आयात गरिएको । त्यस पछि खुमलटार, तरहरा र नेपालगंजमा विस्तार गरिएको थियो ।
  • सोही ह्याचरी फार्मबाट १ दिने चल्ला उत्पादन गरि, हुर्काई कृषकहरुलाई पालनको लागि विस्तार गरिएको थियो । 
  • यसरी उत्पादन गरेका चल्ला स्थानीय जातका चल्ला उत्पादन गर्न लाग्ने खर्चको करिब दोब्बर परेको थियो त्यसैले कृषकस्तरमा व्यवसायिकरण गर्न कठीन भई अर्ध बन्देजमा मात्र सिमित रह्यो । 

व्यवसायिकरणको चरणः (सन् १९८० देखि सन् २००० सम्म)

  • सन् १९८०/८१ मा बढि उत्पादनशिल ९क्थलतजभतष्अ द्यचभभम० कुखुराका जातहरु भारतबाट नेपालमा ल्याउन शुरु गरियो । 
  • त्यतिखेर रत्न फिड, जोशी पोल्ट्री, खत्री फिड, नेपाल पोल्ट्री कुखुरा विकास कार्यका लागि अग्रणी स्थानमा रहेका थिए। 
  • सन् १९९५ मा चितवनमा पहिलो पटक पोल्ट्री एक्स्पो सम्पन्न भएको । यसको आयोजना गर्नाले कुखुरापालक कृषकहरुलाई व्यवसायिक हुनको लागि प्रेरणा मिल्यो । 
  • कृषि विकास बैंकले कुखुरा पकेट क्षेत्रको विकासको लागि ऋण प्रवाह गर्न प्राथमिकतामा राखी कृषकलाई सहयोग पुर्‍याउँदै आयो । 
  • वि.सं. २०५५ मा पशु स्वास्थ्य ऐन, २०५७ मा पशु स्वास्थ्य नियमावली लागु भएको थियो ।
  • वि.सं. २०५७ मा ह्याचरी संघको स्थापना भई पशु स्वास्थ्य ऐन लागु गर्न सरकारलाई सहयोग गरेको थियो । 
  • भारतबाट आयात गरिएका अण्डाहरुलाई विसर्जन (Dumping) गर्ने कार्य प्रभावकारीरुपमा लागु भएको थियो । 
  • यसै चरणमा कुखुरा व्यवसाय व्यवसायिकरण भई ब्रोईलर तथा लेयर्सका चल्ला उत्पादन, अण्डा उत्पादन र मासु उत्पादनमा आत्मनिर्भर हुने अबस्था तिर दु्रत गतिमा अगाडि बढेको थियो ।
  • कुखुरापालन उद्योगको विकासको लागि सबै दाना उद्योग संघ, अण्डा उत्पादक संघ र कुखुरा उद्यमी संघ मिलेर कुखुरा उद्योगलाई अझ प्रभावकारी बनाउने काम भयो ।  

प्रतिश्पर्धात्मक चरणः (सन् २००० देखि हालसम्म)

  • कुखुरापालन व्यवसाय व्यवसायिकरण भई रहेको अबस्थामा विश्व बजारमा अत्यन्तै संक्रमित रोग वर्ड–फ्लुको चुनौतीले नेपाललाई पनि असर गर्‍यो । तत् पश्चात कुखुराको संख्यात्मक बृद्धि त भयो तर पालन गर्ने कृषक परिवारको संख्या घट्न गयो । 
  • अझ बढि उत्पादनशील र संवेदनशील कुखुराका जातहरु नेपालमा आयात गर्ने काम शुरु भयो । 
  • अत्यन्तै बैज्ञानिक खोरहरुको निर्माण गर्न शुरु भयो । 
  • बहुराष्ट्रिय कम्पनीहरु पनि नेपालमा कुखुरापालन व्यवसायमा लगानी गर्न आकर्षित हुन थाले ।
  • धुलो दानाको सट्टा प्यालेट दाना उत्पादन कार्य शुरु गरि सन्तुलित दानामा प्रभावकारी सुधार ल्याईयो।  

कुखुरापालनका अबसरहरुः

  • प्रति व्यक्ति कुखुराको मासु तथा अण्डा खपत धेरै कम भएको हुँदा यसलाई तीन गुणा बृद्धि गर्नु पर्ने अबस्था रहेको छ । 
  • अन्य पशुपन्छीको मासु उत्पादन सिमित मात्रामा भएकोले कुखुराको मासु बृद्धि गरि आवश्यकता परिपूर्ति गर्ने अवसर पर्याप्त देखिन्छ । 
  • दाना बनाउँदा प्रयोग हुने कच्चा पदार्थहरु देश भित्रै उत्पादन गर्ने सम्भावना भएको ।
  • कुखुरा व्यवसायसँग सम्बन्धित अन्य उद्योग प्रबद्र्धनमा पनि टेवा पुग्ने देखिन्छ ।
  • गरिबी र कुपोषणसँग लड्ने मूख्य व्यवसाय यही हो ।
  • सम्पुर्ण उमेर समुह, निरक्षर तथा न्युन आय भएका जनताले पनि प्रभावकारीरुपमा कुखुरापालन गरेर मनग्गे आम्दानी गर्न सक्ने सम्भावना प्रचुर मात्रामा रहेको छ ।   

 

समाचार तथा सुचना

डाउनलोड्स